उपेन्द्रले भन्दैमा आफूहरु सरकारमा नजाने जसपा नेता राजकिशोरको ठोकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपेन्द्रले भन्दैमा आफूहरु सरकारमा नजाने जसपा नेता राजकिशोरको ठोकुवा

काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘जसपाका ’ नेता राजकिशोर यादवले आफूहरु सरकार निर्माणको बाटोमा नभई निर्वाचनको बाटोमा जान आतुर रहेको बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूूह वैकल्पिक सरकार बनाउन जोड तोडले लागेको बेला जसपाकै महन्थ ठाकुर समूहका सांसद् त्यसको विपक्षममा बोल्दै निर्वाचनमा जान आतुर रहेको बताए ।

कांग्रेस, माओवादीको गठबन्धनमा मिलेर जसपा सरकारमा नजाने उनले स्पष्ट पारेका छन् । उपेन्द्र यादवले चाहँदैमा जसपा सरकारमा नजाने उनको ठोकुवा गरेका छन् । पार्टी सरकारमा नजाने भनेर राष्ट्रपतिलाई पत्राचार गरिसकिएको भन्दै उनले ‘हाम्रो मुद्दा छुुट्टै छ, सरकार गठनमा अहिले जसपा जाँदैन’ ।

जसपाले छलफल जारी राखेको बताउँदै उनले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताए । वैकल्पिक सरकारले जसपाका माग पूरा गर्न नसक्ने भएकोले अबको विकल्प नयाँ जनादेश नै भएको उनले बताए।

‘हाम्रा माग यो सदनले पूरा गर्न सक्दैन, त्यसैले अब देश अर्ली ईलेक्सनमा जान सक्छ’– यादवले भने । जसपाकै तर्फबाट सोमबार अर्का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने भन्दै कांग्रेस र माओवादीसँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);