न्यूनतम साझा कार्यक्रम कै आधारमा सरकारमा सहभागी हुन्छौं : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यूनतम साझा कार्यक्रम कै आधारमा सरकारमा सहभागी हुन्छौं : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै नै सरकारमा सहभागी हुने बताएका छन् ।

जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,– ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेण्डालाई मुख्य आधार बनाएर आगामी हप्ता भित्रै सरकारमा सहभागी हुन्छौं ।’

केही बेइमानहरुले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै पछि लागेको टिप्पणी गर्दै उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए । हिजो पनि उनीहरुको दाउ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ ।’

जसपा अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरु भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरु बाटोमै छोडिएको उनले बताए ।

पूर्व राजपाका ९०% नेता कार्यकर्ता आज पनि जसपा मै रहेको उनको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता अशोक कुमार राईले नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएकोले जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

यसैगरी, जनता समाजवादी पार्टीका नेता महेन्द्र राययादवले जसपाको एकतालाई ऐतिहासिक संज्ञा दिँदै पार्टी विरोधी एकता नचाहने तत्वमात्रै बाहिरिएको टिप्पणी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);