एक हप्ता भित्र जसपा सरकारमा सहभागी हुन्छ : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एक हप्ता भित्र जसपा सरकारमा सहभागी हुन्छ : बाबुराम भट्टराई

आगामी निर्वाचनबाट जसपा बलियो शक्तिको रुपमा उदय हुने दाबी

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् । तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले जानकारी दिए ।

जसपाले सात वटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर–महतोलाई खाने बेलामा अभागीलाई रिस उठे जस्तै भएको भन्दै व्यंग्य गरे ।

जसपाबाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका जिल्लाहरुबाट नेतृत्वदायी अगुवा नेताहरु सम्मिलित सो कार्यक्रमलाई जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमी लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);