जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पुरा

काठमाडौं । जनता समाजवादी पार्टी जसपा स्थापना भएको एक वर्ष पुरा भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर २०७७ वैशाख १० गते जसपा नेपाल स्थापना भएको जसपाको आज एक वर्ष पुरा भएको हो ।

स्थापनाको एक वर्ष पुगेको अवसरमा यस पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले शुभकामना ब्यक्त गरेका छन् । जसपालाई भित्री तथा बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने धारणा भट्टराईको छ । साथै उनले जसपाको मूल आदर्श समावेशी, लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सन पार्टी पङ्तिलाई आग्रह समेत गुभएको छ ।

त्यस्तै, सोही पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पनि पार्टी स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जसपा नेपाललाई देशको वैकल्पिक शक्ति निर्माण गर्नका लागि सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुन आग्रह गरेका छन् ।

पछिल्लो समयमा सत्ता समिकरणको निर्णायक शक्ति बनेको जसपा छ । जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बावुराम भट्टराई यसको विपक्षमा देखिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);