उपनिर्वाचनका लागि बैशाख १४ भित्र दल दर्ता गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपनिर्वाचनका लागि बैशाख १४ भित्र दल दर्ता गर्न आह्वान

काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि यही बैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त रहेको पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । २०७४ को निर्वाचनमा मन्त्री थापा बागमती प्रदेशबाट निर्वाचित भएका थिए ।

मन्त्री थापा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रले सो पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए ।

सो पश्चात मन्त्री थापाको सांसद पदसँगै मन्त्री पद पनि गुमेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई पुनः गहृमन्त्रीमा नियुक्त गरेका थिए ।

सांसद पद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार उनलाई फेरि पुन नियुक्ती गरिएको थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);