राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारलाई सम्पत्ति विवरण देखाउन आग्रहः निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारलाई सम्पत्ति विवरण देखाउन आग्रहः निर्वाचन आयोग

nirbachan ayog new

काठमाडौं। वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको उम्मेदवारलाई सम्पत्ति विवरण पेश गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्नुपूर्व यस्तो आग्रह गरेको हो ।वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले बनाएको राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशका २०७६ अनुसार यो उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले आफ्नो घर संख्या, घर रहेको स्थान, जग्गाको विवरण, कित्ता नम्बर र क्षेत्रफल खुलाउनुपर्नेछ ।

त्यस्तै उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्नेछ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए राजीनामा दिनुपर्छ ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको भए भए नाम फिर्ता लिनुपर्ने आयोगले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);