राष्ट्रियसभा उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुनलागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

निर्वाचन आयोगले मतदान स्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८ लागु गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसंग कुरा गर्दै आयोगका सह प्रवक्ता कोमल प्रसाद धमलाले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधी भित्रको कोभिड १९ संक्रमण भए-नभएको पिसिआर रिपोर्ट ल्याउनुपर्नै अनिवार्य गरिएको बताए ।

यस्तै मतदान केन्द्रमा ३ वटा बुथ राखिने भएको छ । यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड १९ संक्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ ३ वटा बुथ राख्ने व्यवस्था मिलाईएको हो । मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख उपप्रमुख को बुथको साथै कोभिड १९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने सहप्रवक्ता धमलाले जानकारी दिए ।

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पिपिई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाईने सहप्रवक्ता धमलाले जानकारी दिए । मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पुर्ण सामाग्रीहरु निसंक्रमण गराउने छन् ।

आगामी जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुनेछ । बागमती प्रदेशमा अन्य समूहबाट १ पदको लागि र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदको लागि उपनिर्वाचन गर्न लागिएको हो ।

बागमती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते उपनिर्वाचन हुदैछ । बागमती प्रदेशमा ३ सय ४८ जना कुल मतदातामा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३८ स्थानीय प्रतिनिधिहरु छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन् । ७९ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय प्रतिनिधिहरु छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);