राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाताले ७२ घण्टा अवधिभित्रको पीसीआर अनिवार्य देखाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाताले ७२ घण्टा अवधिभित्रको पीसीआर अनिवार्य देखाउनुपर्ने

काठमाडौं। बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका मतदाताले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । निर्वाचन आयोले आइतबार स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो।

बागमती प्रदेशका लागि जेठ ६ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ।आयोगले कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

त्यस्तै मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने, मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्थापन गर्न समेत निर्देशित गरेको छ ।

Leave a Reply