निर्वाचन आयोगले भन्यो - उपनिर्वाचनमा खटिने कर्मचारीका लागि पीपीई अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचन आयोगले भन्यो – उपनिर्वाचनमा खटिने कर्मचारीका लागि पीपीई अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खटिने कर्मचारीले अनिवार्य रूपमा पीपीई प्रयोग गर्न व्यवस्था मिलाएको छ । आइतबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक,मतदान प्रतिनिधिहरू सबैले पीपीईको प्रयोग गर्नु पर्ने व्यवस्था गरेको छ ।

यसका साथै मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थलमा वा केन्द्रमा रहँदा कम्तिमा २ मिटरको दूरी कायम गर्नु पर्ने र सबैले अनिवार्य रूपमा फेसशिल्ड, पञ्जा र मास्क लगाउनु पर्ने समेत आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);