महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कोभिड १९ लाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।

वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन् । ‘हामी कोभिड १९ महामारीको संकटमा छौं । महामारीको समयमा पनि हामीले हाम्रा कृषकहरुका समस्या समाधानमा ध्यान दिनुपर्छ’, मन्त्री अर्यालले भनिन् , ‘यस्तो अवस्थामा पनि हामी आफू सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधानका लागि काम गर्नुपर्छ।’

महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक कदम अगाडी बढाउन मन्त्री अर्यालले निर्देशन दिइन् ।

कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षति पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिइन् ।

कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजीकरणको लागि यस अघिनै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भईसकैको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्ने गरी तयारी गर्न समेत निर्देशन दिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);