किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताएका छन् । कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपज÷वस्तुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बुधबार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडी बढ्ने बताउँदै मन्त्री अर्यालले जनतालाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने र त्यसको आवश्यक समाधानका निम्ती पहल गर्ने बताए । ‘जनतालाई अप्ठ्यारो पर्दा कोही पनि टुलुटुलु हेरेर बस्न सकिदैन । सामुहिक समस्या समाधान गर्न के गर्न सक्छौ त्यसमा हामी लाग्छौ’, मन्त्री अर्यालले भने । अहिलेको महामारीले सबैलाई समस्यामा पारेको भन्दै त्यसको समाधानका निम्ती सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै मन्त्री अर्यालले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ की भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यसविषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने बताए । तत्कालको समस्या समाधानसँगै दिर्घकालका लागि पनि समस्या समाधान गर्ने गरी अगाडी बढीने उनले बताए । मन्त्री अर्यालले भने–‘तत्कालको समस्या समाधानसँगै दिर्घकालका निम्ती पनि केही समाधान गर्ने गरी खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ की भनेर हामी छलफल गर्छाँै । अनलाइनमार्फत माग आपूर्ति र व्यवस्था संकलन गर्न तथा टेलिफोनबाट कृषकको अवस्था बुझ्ने कार्यलाई पनि अगाडी बढाउँछौ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);