किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने : कृषि मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने : कृषि मन्त्री अर्याल

काठमाडौं, ९ चैत। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका छन् ।


सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् ।


कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्र्याउने उनको तर्क छ ।


मन्त्री अर्यालले कोरोना भाइरसका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताए ।


मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी गरिन् । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रागांरिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाई छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);