तिम्सिनाको परिवारले मागे क्षतिपुर्ति दिन कलकत्ता उच्च अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तिम्सिनाको परिवारले मागे क्षतिपुर्ति दिन कलकत्ता उच्च अदालतको आदेश

काठमाडौं, ९ चैत । ४० वर्षभन्दा लामो समयदेखि भारतको जेलमा रहेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागेमा दिन कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

सुनुवाईको मौका समेत नपाई भारतमा ४० वर्षभन्दा लामो जेल जिवन विताई रिहा भएका तिम्सिनाको परिवारले मागेमा कानुन अनुसारको क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले सोमबार आदेश दिएको हो । तिम्सिना गएको शनिबार रिहा भएका थिए भने आइतबार इलामस्थित घर पुगेका थिए ।

कलकत्ता उच्च अदालतले गएको बुधबार उनलाई रिहा गर्न आदेश दिएको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखिएको थियो । तर विगत ४० वर्षसम्म उनको कुनै अदालती प्रक्रिया चालिएको थिएन ।

त्यसैगरी अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशन समेत दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);