कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

padma aryal

स्याङ्जा, १० फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

विगतमा काम गरिेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुदै आएको भन्दै उनले तर अहिले ती गलत कुराहरु परिवर्तन हुदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुदै गएको बताईन । किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउदै मन्त्री अर्यालले भनिन्, ‘कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ ।’

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागी सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताईन । काम नगर्नेलाई ज्यूहजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको बताईान् । कृषकलाई व्यवसायीकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने उनले बताईन् । ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ’, मन्त्री अर्यालले भनिन् ।

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताईन् । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागी प्रतिवद्धता व्यक्त गरिन् । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाई थियो ।

स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने बताईान् । त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरिन् । त्यस्तै छात्राहरुका लागी मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र पिउने पानीका लागी युरोगार्ड हस्तान्तरण गरेकी थिईन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);