१ नं प्रदेशमा हर्न निषेधित क्षेत्र अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१ नं प्रदेशमा हर्न निषेधित क्षेत्र अभियान सुरु

बिराटनगर, १० फागुन । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट हर्न निशेधित अभियान सुरु गरेकोछ । पुर्ण हर्न निषेधित क्षेत्रलाई कार्यान्वयन गराउन सोमबार प्रदेश १ का ९२ वटै ट्राफिक इकाइबाट एकसाथ अभियान सरु गरिएको हो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले २०७४ असोज १ गते नै प्रदेश १ लाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । तर कार्यान्वयन हुन नसकेपछि पुन हर्न निषेधित क्षेत्र घोषणा गरि अभियान सुरु गरिएको हो ।

ध्वानी प्रदुषणका कारण मानिसहरुको श्रवण शक्ती कमजोर हुनेदेखि नजिकै हर्न ठुलो आवाजमा बजाउदा अतालिएर दुर्घटनासम्म हुने जोखिमलाई मध्यनजर गर्दै प्रहरी हर्न निषेधित क्षेत्र घोषणा गरि र कार्यान्वयनमा जुटेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);