काठमाडौं उपत्यकामा एकैदिन ३४ सय ३१ जना सवारी चालकमाथि कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं उपत्यकामा एकैदिन ३४ सय ३१ जना सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);