थाहा पाउनुहोस आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रोः ८ भाद्र २०७९, बुधबार । तद्नुसार २४ तारिक २०२२ । भाद्रकृष्णपक्ष द्धादशी, तैतिल करण, पुर्नवसु नक्षत्र, व्यतिपात योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।  विहान सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३४ मा हुनेछ । आज विहान १२ः०७ देखि १ः४४ सम्म राहुकाल रहेको छ । राहुकाल समयमा कुनैपनि शुभ कार्य गरिदैन । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजको देवता रुद्र र ग्रहदेव राहु रहेको छ । आजको दिन व्यबसाय शुरु गर्दा शुभ हुनेछ । ऋण लिनु परेमा बुधबारको दिन शुभ मानिन्छ । छोटो दुरीको यात्राको लागि आजको दिन शुभ रहेको छ । बुधबारको दिन अचल सम्पत्तिको बेचविखन गर्नुहुँदैन । सवारी साधन खरिद विक्रीका लागि आजको दिन उपयुक्त रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ । नयाँ कामको थालनी समेत हुनेछ । आजको दिन तपाईले गरेका काम सफल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन तपाईलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ ।   आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नु होला । आफन्तजनहरुबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । आफ्नो नियमित काममा ध्यान दिनुहोला ।

 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)  यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । आजको दिन तपाईको लागि देवालय यात्रा शुभहुनेछ । चन्द्रमाको साथ रहेको छ ।

 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)  आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्या समाधान हुँदै जानेछ ।  कसैसँग पनि वादविवाद  नगर्नुहोला । त्यसैले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कुनै पनि शुभ कार्यका लागि आजको दिन उत्तम रहेको छ । कर्कट राशिका जातकले धैर्यपूर्वक कुनै नयाँ काम शुरु गर्न सक्नुहुन्छ । सूर्योदयको दर्शन गर्नुहोला ।

 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)  तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा  हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका लागि देवालय शिवालय यात्रामा जानुहोला । आज कुनै कन्यालाई भोजन र बस्त्र दिन सक्नुहुनेछ ।

 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)  तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनसक्छ ।

 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)  यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।

 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  परिवारको साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।

 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)   तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । आजको दिन जेष्ठ सदस्यबाट आशीर्वाद लिएर दिनको शुरुवात गर्नुहोला ।

 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)  कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)   विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ। आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहरुको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);