पर्यटन गतिविधिलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटन गतिविधिलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग

काठमाडौं, १० फागुन । पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग गरेका छन् । सोमबार पर्यटन व्यवसायको सबै छाता संगठनहरुले काठमाडौंमा संयुक्त कार्यक्रमको आयोजना गर्दै सरकारसँग त्यस्तो माग गरेका हुन् ।

सभा, सम्मेलन विरोध जुलुस लगायतका सबै कार्यक्रमहरु निर्वाध रुपमा सञ्चालन भइरहेकाले निर्वाध रुपमा विदेशी पर्यटकलाई नेपाल भित्राउनुपर्ने पर्यटन व्यवसायीहरुको भनाइ छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्वाध रुपमा खुल्ला गर्नुपर्ने माग पर्यटन व्यवसायीको छ ।

त्यस्तै होटल एशोशियसन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले सरकारले आफ्ना मागहरु सम्बोधन नगरे सडकमा आउने चेतावनी दिनुभएको छ । त्यस्तैगरी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरुले पटक पटक आफ्ना मागहरु सरकारसँग राख्दा समेत सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);