तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग पर्यटन व्यवसायीकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग पर्यटन व्यवसायीकाे माग

tourist

काठमाडाैं । पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन ।

उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् । संघका अध्यक्ष लामाले पिसिआर टेष्ट गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर टेष्ट गरी तत्काल गन्तब्यमा पु¥याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

संघले टुरिष्टहरुका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलहरुको व्यवस्था मिलाउन सस्तो ब्याजदरमा लोन प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ । अध्यक्ष लामाले पर्यटन क्षेत्रमा आवद्ध भएकाहरुलाई विना धितो लोनको व्यवस्था गर्नुपर्ने माग समेत गरे । यता, हिम आरोही सानु शेर्पाले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी आवश्यक वातावरण बनाउन सरकारलाई दबाव दिए ।

ट्रेकिङ गाइड फूडोमा शेर्पाले जसरी भएपनि विदेशी पर्यटक आउने गरी आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरे । पर्यटक व्यवसायीहरुले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढदा नेपालको पर्यटक क्षेत्र फष्टाएर जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);