राष्ट्र बैंकलाई पुँजी बजार सुधार संघर्ष समितिको ज्ञापन पत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राष्ट्र बैंकलाई पुँजी बजार सुधार संघर्ष समितिको ज्ञापन पत्र

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।

संघर्ष समितिले विभिन्न नीतिमार्फत् आफूहरुलाई पिल्साउन खोजिएको भन्दै १८ बुँदे माग राखी सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।

साना लगानीकर्ता आदित्य शिवाकोटीले लगानीकर्ताहरुको भविष्यमाथि खेलवाड गर्ने काम भएकाले आफूहरुले १८ बुँदे ज्ञापन पत्र बुझाएको र माग पूरा नहुञ्जेलसम्म निरन्तर आन्दोलनमा उत्रिने बताए । उनले आफूहरुको माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म रिले अनशन बस्ने र ३० गतेदेखि आमरण अनशन बस्ने चेतावनी पनि दिए ।

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक अगाडी एक सय २० दिनको औसत मूल्य कायम गर, सेयर बजार जुवा होइन जिविका हो, गर्भनरलाई बर्खास्त गर लगाएतका प्लेकार्ड तथा व्यानरसहित प्रदर्शन र नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);