इरानको आणविक केन्द्रमा सैन्य आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी, द्वन्द्वलाई भने ‘सामान्य’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

इरानको आणविक केन्द्रमा सैन्य आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी, द्वन्द्वलाई भने ‘सामान्य’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ स्थित सुदृढ आणविक स्थलमा अमेरिकी सेनाले छिट्टै आक्रमण गर्न सक्ने चेतावनी दिनसभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वर्तमान तनावलाई सामान्य भन्दै यसलाई कम महत्व दिने प्रयास समेत गर्नुभयो । नतान्ज प्रशोधन केन्द्र नजिकै रहेको उक्त भूमिगत स्थलमा इरानले उच्च संवर्धित युरेनियमको भण्डार सारेको वासिङ्टनको दाबी छ । ‘हामी पिक्याक्समा चाँडै आक्रमण गर्न सक्छौँ ।’ ट्रम्पले भन्नुभयो, ‘त्यहाँ भइरहेका हरेक गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौँ। यदि केही तलमाथि भएमा हामी कडा प्रहार गर्नेछौँ ।’
यद्यपि, ट्रम्पले इरानसँगको द्वन्द्वलाई ‘पूर्ण युद्ध’ भन्न अस्वीकार गर्दै यसलाई ‘छिटपुट सैन्य द्वन्द्व’ को संज्ञा दिनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘धेरै मानिसहरू यसलाई युद्ध भन्दैनन् । म यसलाई सैन्य द्वन्द्व भन्छु किनभने हाम्रा लागि यो निकै सामान्य विषय हो, यो कुनै ठूलो कुरा होइन ।’
सञ्चारमाध्यमका अनुसार यसै साता अमेरिकी सेनाले हर्मोज जलडमरू वरपर रहेका करिव ६० वटा इरानी सैन्य निशानाहरूमा आक्रमण गरेको छ । उक्त आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र र सञ्चार सुविधाहरूलाई लक्षित गरिएको थियो ।
यसैबीच, इरानी सञ्चारमाध्यमले गत मंगलवार होर्मोज्गान प्रान्तको सिरिक काउन्टीमा भएको अमेरिकी हवाई आक्रमणमा एक वैवाहिक समारोहमा सहभागी ५ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको जनाएका छन् । बुधवार ट्रम्पले इरानमाथि ’जुनसुकै बेला’ थप आक्रमण गर्न सकिने धम्की समेत दिनुभएको थियो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक सैन्य आक्रमण गरेपछि शुरु भएको यस द्वन्द्वमा हालसम्म हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

ताजा समाचार