इरानमाथि अमेरिकी सेनाको पुनः हवाई आक्रमण, १० दिनदेखि लगातार सैन्य कारबाही जारी | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

इरानमाथि अमेरिकी सेनाको पुनः हवाई आक्रमण, १० दिनदेखि लगातार सैन्य कारबाही जारी

अमेरिकी सेनाले सोमबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरु गरेको छ । अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) का अनुसार इरानमाथि अमेरिकाले विगत १० दिनदेखि निरन्तर सैन्य कारबाही गर्दै आएको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मुख्य कमान्डरको निर्देशनमा सोमवार अपरान्ह ४ बजेबाट नयाँ चरणको प्रहार शुरु गरिएको हो । हर्मज जलडमरूमध्य मा व्यावसायिक जहाजहरूमाथि हुने आक्रमण रोक्न र इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको सेन्टकमले उल्लेख गरेको छ ।

यसअघि सोमवार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मारिएका अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सिएनएनकाअनुसार राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्वलाई थप तिब्र बनाउने विकल्पहरूबारे परामर्श गरिरहनुभएको छ । यसै सन्दर्भमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले मध्यपूर्वमा थप लडाकु विमान र आकाशमै इन्धन भर्ने ट्याङ्करहरू समेत तैनाथ गरेको छ । बढ्दो सैन्य तनावका बीच वासिङ्टन र तेहरानलाई पुनः वार्ताको वातावरणमा फर्काउन मध्यस्थकर्ताहरूले १० दिने युद्धविरामको प्रश्ताव अघि सारेको सिएनएनले जनाएको छ । यद्यपि, यसबारे दुवै पक्षको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

Leave a Reply