मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको ज्ञापनपत्र

nebisangh gyapan

काठमाडौं, २४ असार । पेट्रोलियम पदार्थमा स्वचालित मूलय प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । बन्दाबन्दीको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । लक डाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानविय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न मागरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताउनुभयो । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताउनुभयो । अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उहाँले आग्रह गर्नुभयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताउनुभयो । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उहाँले साना कुरालाई पनि विवादीत गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागि परेको बताउनुभयो । उहाँले मुल्यवृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गर्नुभयो ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।


(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);