पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

PK-Students

काठमाडौं, २० पुष । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले विहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन ।

बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनले विहिबार विहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन । त्यस क्रममा उनीहरुले पूर्व सहमति अनुसार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन जोडदार माग गर्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन ।

हचुवाको भरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न निगम व्यवस्थापनको गम्भिर ध्यानाकर्षण गराइएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिनु भयो ।
बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नलिएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन ।

उनीहरुले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरी नयाँ सरकार गठन प्रक्रिया सहज बनाउन पनि सरकारलाई सडकमार्फत् दवाव दिईरहेका छन

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);