उदयपुरको बेलका नगरपालिकामा सुकुम्बासीको समस्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

उदयपुरको बेलका नगरपालिकामा सुकुम्बासीको समस्या बढ्दै

उदयपुर, २० पुष । उदयपुरको बेलका नगरपालिकामा  स्थानीय निर्वाचनअघि सुकुम्बासीको समस्या समाधान गरिदिने भन्दै भोट मागेका स्थानीय जनप्रतिनिधिले अन्य दुई तहको निर्वाचन सकिँदासम्म चासो नदेखाएको भन्दै वेलका नगरपालिकाका भूमिहीन सुकुम्बासीले आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

कुल क्षेत्रफल १ सय ३४ दशमलव ३ वर्गकिलोमिटर रहेको नगरपालिकामा ४२ हजार ३ सय ६८ जनसंख्या रहेको छ । यस नगरपालिकामा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात करिब ५५ प्रतिशत भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको छ । यद्यपि, भूमिहीन सुकुम्बासी कति छन् भन्ने विवरण अहिलेसम्म नगरपालिकाले पनि तयार पार्न सकेको छैन ।

वेलका नगरपालिकामा बढी सुकुम्बासी रहेको वडामध्ये ९ नम्बर वडा एक हो । यस वडामा अनुमानित ६ सय परिवार भूमिहीन सुकुम्बासी रहेका छन् । अर्को, रोचक पक्ष फेरि, यही वडामा नगरपालिकाका वडाअध्यक्ष प्रतिद्धन्द्धीमध्ये मतान्तरमा दोब्बर मतले विजयी भएका वडाअध्यक्ष मोहन घिमिरे छन् । उनले निर्वाचनअघि आफू विजयी भए भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न पहल गर्ने बाचा गरेका थिए । तर, अहिले उनले पनि आफ्नो बाचाअनुसारको काम गर्न सकेका छैनन् ।

नगरपालिकाका मेयर दुर्गाकुमार थापाले पनि भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने विषयमा आफू उदाशीन नभएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);