देवघाट धामलाई धार्मिक-पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

देवघाट धामलाई धार्मिक-पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने्

देवघाट, २० पुष । चितवन, तनहुँ र नवलपरासीको सीमामा पर्ने कालिगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय संघ–संस्था लागिपरेका छन् ।

प्रशस्त सम्भावना र ऐतिहासिक महत्व भएर पनि देवघाटमा धार्मिक पर्यटन विकास गर्न नसकिएको भन्दै स्थानीय संघ–संस्था जागरुक भएका हुन् । माघे संक्रान्ति र साउनको सोमबार देवघाटमा स्नान गर्न देश–विदेशबाट हजारौं सर्वसाधारण आउने गरे पनि प्रचारप्रसारको अभावमा अन्य समयमा भने देवघाट ओझेलमा पर्ने गरेको छ । देवघाटको वेणी संगममा माघे संक्रान्तिका दिन स्नान गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

देवघाटको समग्र विकासका लागि गठन गरिएको देवघाट क्षेत्र विकास समितिले पनि सोचेअनुसारको काम गर्न नसक्दा देवघाट धार्मिक रुपमा ओझेलमा परेको जनाएको छ । सीता भासिएको गुफा, दिनदिनै बढ्ने विश्वास गरिएको शालिग्राम रहेको मन्दिर चक्रवर्ती शिला र श्रीखण्डको बगैंचा रहेको मणिमुकन्दसेन उद्यान देवघाट आउने पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);