तनहुँको देवघाटमा नदीजन्य पदार्थ अबैद्य रुपमा उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

तनहुँको देवघाटमा नदीजन्य पदार्थ अबैद्य रुपमा उत्खनन्

सन्तोष बस्ताकोटी

तनहुँ । कोरोना कहरको समयमा समेत तनहुँको देवघाटमा नदीजन्य पदार्थ अबैद्य रुपमा उत्खनन् भएको भन्दै स्थानीयले विरोध गरेका छन् । धार्मिक तथा सांस्कृतीक स्थलको रुपमा रहेको देवघाटको त्रिशुली तथा कालिगण्डकी क्षेत्रका नदीमा अवैधानीक उत्खन भएको भन्दै विहिवार गाउँपालिकामा भेला भएर स्थानीय युवाहरुले विरोध गरे । देवघाट गाउँपालिकाको कालिभतेरी, सेतीभतेरी र भुवानीटार घाट बाट उत्खनन् हुने गरेको छ ।

गाउँपालिकामा भएको उत्खन वैधानीक भएमा कागज पत्र उपलब्ध गराईदिन माग गर्दैै आएका हौँ स्थानीय गणेश बहादुर थापाले भने– नेपालकै एकमात्र नदी कालिगण्डकी जहाँ शालिकग्रम पाईन्छ, बहुमुल्य धातुहरु भेटिन्छ प्रकृतीको ख्यालनै नगरी गरीएको दोहनको विरुद्धमा आएका हौँ । ठेक्दारले भनेको भन्दा बढि उत्खनन् गरेको छ ।

त्यसको अनुगम भएको छैन् । यदी हाम्रो माग पुरा भएन भने उत्खनन् गरी डम्पीङ्ग गरीएका गउँस्तरमानै लिलाम गरीने बताए । हामीले गाउँपालिकामा पहिल्यनै जानकारी गराएको भएपनि वेवास्ता हुदै आएको छ । थापाले भने –जनप्रतिनिधिहरुले यो विसयमा चासो नदिएमा हामी गाउँपालिकामा ताला लगाउने छौँ ।

देवघाट गाउँपलिकामामा मापदण्ड विपरीत ग्रावेल उत्खनन भएको समाचार संकलन क्रममा गएका विकास ढकाल माथि समेत ठेक्दारले दुव्र्यवहार गर्दै भौतीक रुपमा आक्रमण गर्ने धम्की समेत दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);