नुवाकोटको दुप्चेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नुवाकोटको दुप्चेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट, २० पुष । नुवाकोटको दुप्चेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका–४, बेचिनीमा बिहीबार आफ्नै घर बनाउने क्रममा करेन्ट लागेर २६ वर्षीय सुनबहादुर तामाङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

घर बनाउने क्रममा फलामको डन्डीले ११ हजार भोल्टको बिजुलीको तार झुक्किएर छोएपछि तामाङको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घर बनाउन सहयोग गरिरहेका ५० वर्षीय पहलमान तामाङ, ३० वर्षीय चुरे तामाङ र २७ वर्षीय वीरे तामाङ पनि घाइते भएको मृतकका जेठान ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो । घाइतेहरुको पुरगाउँ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);