विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु 

current

काठमाडौं। कपिलवस्तु, धनुषा, रुपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो। धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर भएका ४५ वर्षीय अरुण ठाकुरको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–६ मदनगंज बस्ने ४५ वर्षीय सर्वजीत लोहारको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ। आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

बाराको महागढीमाई नगरपालिका–२ ईनर्वा टोल बस्ने ६५ वर्षीय राम अशिष राउत कुर्मीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);