करेन्ट लागेर दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं। करेन्ट लागेर मकवानपुर र कपिलवस्तु दुई जनाको मृत्यु भएको छ।

मकवानपुरको बाकैया गाउँपालिका–६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो । आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

महाराजगन्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);