बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दिया। बारबर्दिया नगरपालिका–८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।  आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);