करेन्ट लागेर दुई जनाका मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

करेन्ट लागेर दुई जनाका मृत्यु

current

काठमाडौं। सिरहा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० नुक्तन फुड प्रोडक्ट चाउमिन फ्याक्ट्रीमा १८ वर्षीय मन्जित धोवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । फ्याक्ट्रीको फलामको ढोका खोल्ने क्रममा ढोकामा लत्रेको नाङ्गो तारबाट करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ खुनीगाउँ बस्ने २८ वर्षीया भानुमती कोहारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।

आफ्नै घरको अगाडि डोरीमा कपडा सुकाउने क्रममा कपडाले नजिकै रहेको बिजुलीको तार छुन गई करेन्ट लागेर असक्त भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);