करेन्ट लागेर चार जनाको मृत्यु     | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

करेन्ट लागेर चार जनाको मृत्यु    

काठमाडौं । काभ्रपलाञ्चोक र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका–१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ गैरीगाउँ झिलमिलेस्थित आफन्तकोमा आएका पाँचथर याङबरक गाउँपालिका–६ नागी घर भएका ३२ वर्षीय कमल बराईलीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

झिलमिलेस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापाको हल्दिबारी गाउँपालिका–५ बस्ने ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको सोही ठाउँस्थित भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

झापाकै मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४७ वर्षीय सन्त चौधरीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

सोही नगरपालिका–११ हडिया खोलामा विद्युतीय तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);