करेन्ट लागेर दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

करेन्ट लागेर दुई जनाको मृत्यु 

काठमाडौं। मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);