सप्तरीको सप्तकोशी नगरपालिकाको दशौ नगर सभा सम्पन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सप्तरीको सप्तकोशी नगरपालिकाको दशौ नगर सभा सम्पन

सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकाको दशौ नगर सभा सम्पन भएको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित नयाँ जनप्रतिनिधिको पहिलो नीति कार्यक्रम तथा बजेट नगर सभाबाट सर्वसम्मत पारित भएको हो । सप्तकोशी नगर स्वच्छ, सफा, हरियाली, स्मार्ट शहर, सर्वाङ्गिण विकासको पुर्वाधार, सप्तकोशी नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ दशौ नगर सभा सम्पन्न भएको हो । साथै नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९÷८० को बार्षिक कार्यक्रम सार्वजनिकिकरण आयोजना गर्दै गत आर्थिक बर्ष २०७८÷०७९ मा संचालित योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा तथा चालू आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत योजना तथा कार्यक्रम पनि प्रस्तुत गरेको हो । नगरको चौतर्फि विकासको लागि आर्थिक वर्ष २०७९÷८० को लागि ४७ करोड २९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । नगर तर्फ ४ करोड २० लाख ८० हजार रकम विनियोजन भएको छ भने शाखा तर्फ शिक्षा शाखाका लागि ४५ लाख, स्वास्थ्य शाखा तर्फ ४६ लाख, पशुपंक्षी बिकास शाखा तर्फ ४४ लाख १५ हजार र कृषि बिकास शाखा तर्फ २२ लाख रुपैयाँ विनियोजन भएको छ।

यस्तै महिला तथा बालबालिका शाखा तर्फ ११ लाख र सामाजिक बिकास शाखा तर्फ १० लाख १५ हजार रुपैँया विनियोजन भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);