आयोगको निर्देशनबाट राप्तिका भुमिहिन असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आयोगको निर्देशनबाट राप्तिका भुमिहिन असन्तुष्ट

राप्ती। भूमिहीनहरुलाई लालपुर्जा बाढ्ने काम तत्काल रोक्न निर्देशन दिएकोमा राप्तिका भुमिहिनहरुले असन्तुष्टि जनाएका छ्न । मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले निस्सा बितरण, नापजाँच र लालपुर्जा बितरण रोक्न निर्देशन दिएकोमा नगरका भुमिहिन तथा सुकुम्बासीहरुले असन्तुष्टि जनाएका हुन । बर्सौ देखि आसै आसमा बसेका भुमिहिन तथा सुकुम्बासीहरु आयोगको निर्णयबाट खुसी छैनन । बल्ल बल्ल लालपुर्जा हात पार्ने आस पलाएकोमा निर्वाचन अघि सम्पुर्ण प्रक्रिया रोक्ने निर्णयले उनिहरु बिक्षिप्त छ्न । राप्ती १ का सुकुम्बासी गुमान सिंह तितुङ्ग चुनाव पछि पुर्जा बाड्ने प्रक्रिया सुरु हुनेमा विस्वस्त छैनन । उनी भन्छ्न “ पहिला पनि धेरै पटक पुर्जा बाड्ने भनेर हल्ला चलायो । जग्गा नाप्यो पनि । तर लालपुर्जा दिएन । अब पनि कसको सरकार आउँछ ? उस्ले बाड्न दिने हो कि नदिने हो के थाहा ? “यता राप्तिका नगर प्रमुख शमशेर लामा पनि आफूहरु असजिलोमा परेको बताउछ्न । भोटमाग्न जादा देखिनै भुमिहिन तथा सुकुम्बासीहरुको समस्या यथासक्यो छिटो समाधान गर्ने आफुले प्रतिबद्धता गरेको भएपनी हाल आएर निर्वाचन आयोग बाधक बनेको उनको भनाइ छ ।

भूमिहीनहरुलाई लालपुर्जा बाढ्ने अन्तिम तयारी भए पनि निर्वाचन आयोगको पत्रले रोकिनुको बिकल्प नभएको राप्तीका उप प्रमुख देबेन्द्र लामाको भनाइ छ । दसैँ अघिनै भूमिहीनहरुलाई लालपुर्जा दिने तयारी पूरा गरेको उनको दाबी छ ।

लामाले असोज ९ गते लालपुर्जा बाड्ने कार्यक्रम तय भएको, तर निर्वाचन आयोगको कारण हाललाई पुर्जा वितरण प्रक्रिया स्थगित गरिएको दाबी गर्छ्न । उनका अनुसार निर्वाचनलगत्तै लालपुर्जा वितरण गरिने छ । राप्ती नगरपालिकामा रहेको १३ वटै वडाका करिब ९ हजार घर घुरी सुकुम्बासी तथा भुमिहिनहरुको लगत संकलन तथा निस्सा वितरण कार्य भने सम्पन्न भैसकेको छ । त्यस्तै वडा नम्बर ११ मा जग्गा नाप नक्साङ्कनको कार्य भैरहेको तथा ७७ घरधुरीलाइ लालपुर्जा बितरण गरिने प्रक्रिया अन्तिम अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);