चितवनको राप्तीमा जग्गा नाप नक्सांकन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

चितवनको राप्तीमा जग्गा नाप नक्सांकन सुरु

दिलिप शर्मा , चितवन।  राप्ती नगरपालिकाले भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा प्रदान गर्न पहाडी वडाबाट जग्गा नाप नक्सांकन कार्य सुरु गरेको छ । नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु गरिएको हो

नगरपालिकाले अहिलेसम्म वडा नम्वर १०,११ र १२ मा जग्गाको निस्सा वितरण गरेको छ भने वाँकी वडामा वाँकी छ । ति सवै वडामा साउन मसान्तभित्र निस्सा वितरण गरेर नाप नक्सांकन सुरु गरिने नगर प्रमुख शमशेर लामाले जानकारी दिए । लक्ष्य भन्दा अगाडि काम गर्न सुरु गरेकोले दशै अगावै लालपुर्जा प्रदान गरिने उनले बताए । भुमि आयोग चितवनका प्रमुख नापी अधिकृत गृसकुमार लालले नक्सांकन गरेपछि जग्गाको नक्सा तयार हुने, त्यसपछि विवरण सार्वजनिक गरिने र जिल्ला स्तरीय समितिले निर्णय गरेपछि जग्गा दर्ता गरि श्रेस्ता तयार पार्ने काम हुने जानकारी दिएका छ्न । नगर भित्र भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासी गरि कुल ८ हजार ९८६ परिवारले फाराम भरेका छन् । जसमध्ये अव्यवस्थित बसोबासीको संख्या आधा भन्दा धेरै छ । नगरपालिकाले दिएको तथ्यांक अनुसार अव्यवस्थित वसोवासी परिवार संंख्या ६ हजार १८४ , भुमिहिन सुकुम्वासीको घरधुरी संख्या २ हजार ४२९ र भुमिहिन दलितको घरधुरी संख्या ३ सय ७३ रहेको छ । वडाका विभिन्न स्थानमा राखिएको पोईन्टबाट जिपिएस मार्फत जग्गा नाप्ने काम हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);