पाँच दशक बितिसक्दा पनि पथलैया बासिन्दाले घर टहराको स्वामित्व पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाँच दशक बितिसक्दा पनि पथलैया बासिन्दाले घर टहराको स्वामित्व पाएनन्

बारा,२१ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर १ स्थित पथलैयामा बसोबास गरेको पाँच दशक बिति सक्दा पनि बासिन्दाले घर टहराको स्वामित्व पाउन सकेका छैनन् । सुकुम्वासी समस्या समाधान आयोगले २ दशक अघि नै लालपुर्जा वितरण गरेको भएपनि उनिहरुले अझै घर तथा जग्गाको स्वामित्व भने पाएका छैनन् ।

सरकार परिवर्तनसँगै गठन हुने सुकुम्वासी समस्या समाधान आयोगले कहिले लालपुर्जा वितरण गर्ने , त कहिले सोही पुर्जा रद्द गर्ने निर्णय गर्ने प्रवृतिले उनीहरु जग्गाको स्वामित्वबाट बञ्चित भएका हुन् । २०२१ सालमा पूर्वपश्चिम राजमार्ग निर्माण भएसँगै बाराको पथलैयामा सडकको दुबै किनारामा होटल व्यवसाय सञ्चालन गर्दै धेरै परिवारले आफ्नो जिविकोपार्जन गर्दै आएका छन् ।

२०५५ सालमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैयाका वासिन्दाले सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको जग्गा धनी पुर्जा पनि पाए । २०६७ सालमा आयोगले माग गरेको प्रमाण पु¥याई हालसम्मको १८ लाख ५२ हजार ४ सय १६ रुपैयाँ राजश्व समेत दाखिला गरिसकेका छन् । तर बसोबास गरेको ५ दशक भन्दा लामो समय र लालपुर्जा हुँदाहुँदै पनि स्थानीयले जग्गाको स्वामित्व भने पाउन सकेका छैनन् ।

हातमा लालपुर्जा छ , स्वामित्व छैन । उनिहरुले करोडौं लगानीका संरचना भएर पनि कुनै वित्तिय सस्थासँग कारोवार गर्न पाएका छैनन् ।स्वामित्व प्राप्तिका लागि उनीहरुले विभिन्न समयमा सडक आन्दोलन समेत गरे । तर अझै सफल भएका छैनन् ।

उनीहरुले सो घर तथा जमित बेचविखन तथा धितो राख्न पाउँदैनन्। जीतपुरसिमरा उपमहानगरपालिकाले भने स्थानीयलाई स्वामित्व दिलाउन प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।देश संघीयतामा गएसँगै जनप्रतिनिधिबाट आफ्नो समस्या समाधान हुने आशा बोकेका स्थानीयहरुको आशा पुरा हुन सकेको छैन ।

समयसमयमा लालपुर्जा नै फिर्ता लिने या खारेज गर्ने जस्ता कुराहरुले उनीहरुलाई झन् त्रसित बनाएको छ । यो विषयमा वास्तविक अध्ययन गरी लालपुर्जा फिर्ता लिनु पर्ने हो वा स्वामित्व प्रदान गर्नु पर्ने हो बुझेर समस्याको समाधान गर्न जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);