बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापी सुरु

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले लालपुर्जा वितरण गर्नको लागि आइतबार एक कार्यक्रमका बीच बैजनाथ गाउँपालिका ६ नम्बर वडाको २८ घर टोल देखि नापी सुरु गरेको छ ।

नक्सा नम्बर कित्ता नम्बर र सिट नम्बर उल्लेख भएको तथा लामो समयदेखि जग्गा भोग चलन गर्दै आएको हकमा श्रेष्ता कायम गरी आइतबारबाट नापी सुरु गरिएको हो ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य लुम्बिनी प्रदेश ईन्चार्ज सोभाराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको हो ।

बिगत करिब २०३८ सालदेखि बसोबास गर्दै आएका स्थानीयहरु नापी गरेर स्थानीय सरकार द्वारा पुर्जा वितरणको कार्य तीब्र गतिमा अगाडि बढाउन स्थानीय बासिन्दाले अनुरोध गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि सम्बन्धी समस्या समाधान आयोग लुम्बिनी प्रदेश अध्यक्ष बस्नेतले सबैलाई पहिलो चरण र दोस्रो चरण गरेर सम्पूर्ण भूमिहिनहरुका लागि आयोगले छिटोभन्दा छिटो नापी गरेर जग्गा धनी लालपुर्जा नागरिकको हातमा दिने काम गर्ने आश्वासन दिएका छन् ।

कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कित्ता नम्बर नक्सा नम्बर र सिट नम्बर उल्लेख गरिएका र लामो समयदेखि भोगचलन गर्दै आएका नागरिकलाइ प्रथम चरणमा नापी गरेर पुर्जा वितरण गरिने जानकारी दिए । साथै यो शुभ कार्यको शुरूवात जसरी गरिएको छ त्यसलाई तीब्र गतिमा कार्य अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);