रुपन्देही नापी कार्यालयमा फाईल ट्रायकिङ्ग प्रणाली लागु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुपन्देही नापी कार्यालयमा फाईल ट्रायकिङ्ग प्रणाली लागु

बिमल क्षेत्री,
रुपन्देही । कार्यालयमा हुने बिचौलिया र सेवाग्राहीले पाउने सास्तीको अन्त्य गर्न नापी कार्यालय रुपन्देहीले नयाँ प्रणालीको विकास गरेको छ । फाईल ट्रयाकिङ नाम गरिएको उक्त प्रकृयाबाट सेवाग्राहीले सहज रुपमा नापी कार्यालयको सेवा पएका छन् ।

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ५ का मुनेश्वर प्रसाद यादब जग्गाको कित्ता काँटको लागि जिल्ला नापी कार्यालय भैरहवामा आईपुगे । आउने वित्तिकै उनले सोधपुक्ष कक्षमा फाईल बुझाए । त्यसपछि उनी लाईनमा लाग्न परेन । उनको फाईल कँहा पुग्यो र कुन–कुन कागजातको आवश्यकता पर्दछ भनेर आफ्नै मोबाईलको म्यासेज बक्समा आईपुग्यो ।

कागजात मिलेको एउटै काम गर्नको लागि अरु बेला ५ –६ दिनको समय लाग्थ्यो । बिचौलियाबाट काम गराउनु पर्ने बाध्यता थियो । तर यादवको काम भने एकै दिनमा सकियो ।

यादव जस्तै अन्य सेवाग्राहीलार्ई यो प्रणालीको सुरु भएसंगै सहज भएको अर्का सेवाग्राही तुरुन बहादुर थापाले बताए ।

सेवाग्राहीले सुरुमा सोधपुुक्ष कक्षमा फाईल बुझाएपछि दर्ता गरिन्छ र कार्यालयको सिष्टम अनुसार सेवाग्राहीको कामको बारेमा अनलाईनमा ईन्ट्री गरिन्छ । त्यसपछि सम्बन्धित फाँटमा फाईल पुग्छ र सनाखत वा कागजात अपुग भए मोबाईलमा म्यासेज आउँछ । यसले गर्दा कार्यालयको सेवा छिटो र छरितो भएको रुपन्देही नापी कार्यालयका प्रमुख नापी अधिकृत अजित कुँवरले बताए ।

फाईल ट्रयाकिङ प्रणाली लागु गरेपछि अहिले छिटो र छरितो काम हुने मात्र होईन सेवाग्राही बिचौलियाको जालमा फस्नु परेन । यसले गर्दा कार्यालयमा हुने अनावश्यक भिडभाडमा पनि कमी आएको छ । रुपन्देही नापी कार्यालयले लागु गरेको यो सिस्टम अरु कार्यालयमा पनि लागु गर्न सके सेवाग्राहीलाई सहज हुने र सेवाप्रवाह छिटो छरितो हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);