ज्यान मुद्दाका आरोपी १५ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ज्यान मुद्दाका आरोपी १५ वर्षपछि पक्राउ

सप्तरी । ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-७ का दानालाल यादवलाई लुकिछिपी बसेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको हो ।

यादवले २०६२ मा साविक मानराजा गाउँपालिका हाल बोदेबर्साइन नगरपालिका-७ का गंगाराम कापेरलाई हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा उनलाई जिल्ला अदालत सप्तरीले २२ वैशाख ०७३ मा २० वर्ष कैद सजाय फैसला गरेको थियो । हत्या गरेपछि उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले फरार रहेका यादवलाई सोमबार पक्राउ गरेको जानकारी दिए । यादवलाई जिल्ला अदालत सप्तरीको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);