५ वर्ष कैद सुनाएका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

५ वर्ष कैद सुनाएका फरार प्रतिवादी पक्राउ

झापा,२१ जेठ । लागूऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–११ बस्ने २४ वर्षीय रामबाबु साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७८ भदौ १३ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);