लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

झापा। लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत झापाले २०७५ माघ १६ गते लागुऔषध मुद्दामा उनलाई २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);