मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका ५ बस्ने ताप्लेजुङ घर भएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत बिराटनगर ईलाम इजलासको २०७७ चैत ३० गतेको फैसला बैंकिङ कसुर मुद्दामा १५ दिन कैद, ३४ लाख जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ताप्लेजुङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);