बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रूपन्देही। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं  टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाही छन् । उनलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ जेठ २६ गते उनलाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ  जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो । शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);