कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 

मुगु। कृषि  विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो । कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि विनियोजन गरिएको बजेट अनियमितता गरेको आयोगले जनाएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन अध्यक्ष धर्मदत्त सावत, कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचालाल बुढा र सब इन्जिनियर राजेन्द्र शाही, कर्मचारी मणिचन्द्र विक, जिल्ला समन्वय समितिका तत्कालीन कर्मचारी विश्वास उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको हो ।कृषि विकास कार्यालय मुगुबाट आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजित बजेटमा उनीहरूले अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।उनका अनुसार २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो कायम गरी असुल उपरका लागि माग गरिएको छ।

अख्तियारले कृषि विकास कार्यालय तत्कालीन प्रमुख बुढा र सब इन्जिनियर शाही, उपभोक्ता समितिका चारै जना पदाधिकारी र तत्कालीन वडाध्यक्ष सावतबाट बिगो रकम जफत गर्न माग गरेको छ। साथै कैद तथा जरिबाना सजायको माग दाबीसमेत लिइएको प्रवक्ता भण्डारीले बताए ।

कर्मचारीहरू मणिचन्द्र विक र विश्वास उपाध्यायले पनि गलत प्रतिवेदन दिएकाले अख्तियारले बिगो कायम नगरी सजायको माग गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);