खेती गरिएको नक्कली बिल ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खेती गरिएको नक्कली बिल !

bill

काठमाडौं, ११ असार । अदुवा खेतीका लागि प्राप्त बजेटको गलत प्रतिवेदन र नक्कली बिल भर्पाई तयार पारी अनियमितता गरेको आरोपमा कर्मचारी तथा कृषक समूहका अध्यक्षविरुद्ध विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरिएको छ ।

नेपालगन्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसाल र श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी भन्ने रामकला केसीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

दैलेख जिल्ला नारायण नगरपालिका–१, कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जबाट प्राप्त भएको रकमको खेती नगरी समूहका कृषकहरूले पाउनुपर्ने रकमसमेत नदिई खेती नै नगरेका कृषकहरूको नक्कली भर्पाई, बिललगायतका कागजात तयार गरी पाँच लाख ७७ हजार ३५० रुपियाँ भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ सल्यानमा कार्यरत एकाइ प्रमुख ९शाखा अधिकृत० धनबहादुर वली २५ हजार रुपियाँ घुससहित मङ्गलबार पक्राउ परेका छन् ।

शिक्षक सरुवा प्रक्रिया सहजीकरणका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले वलीलाई पक्राउ गरेको हो । आयोगका अनुसार सेवाग्राहीसँग २५ हजार रुपियाँ घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट वलीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);