डडेल्धुरामा ६० लाखको लागतमा स्क्रीन हाउस निर्माण | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

डडेल्धुरामा ६० लाखको लागतमा स्क्रीन हाउस निर्माण

screen house

बिमल जैरु
डडेल्धुरा, २१ बैशाख । डडेल्धुराको अमरगढी नगरपालिका-१ तडीवाटामा निर्माण भईरहेको स्क्रीन हाउसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउँदो असोज महिनासम्म आलुको पुर्व मुल विउ उत्पादन हुने आयोजनाले जनाएको छ ।

डडेल्धुरामा आलुको पुर्व मुल विउ उत्पादन भएपछि डडेल्धुरासहित सुदूरपश्चिमका सात पहाडि जिल्ला बैतडी, बझाङ, डोटी अछाम, बाजुरा र दार्चुला ज्ल्लिाका आलु उत्पादन गर्ने किसानहरुले आलुको पुर्व मुल विउ ल्याउनका लागि काठमाडाैं वा भारत जानु पर्ने वाध्यताको अन्त्य हुने किसानको भनाई छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको २९ लाख अनुदान र स्थानीय कृषक समुहको ३१ लाख गरी कुल ६० लाख रुपैयाँको लागतमा स्क्रीन हाउस निर्माण हुन लागेको हो । आलुको पुर्व मुल विउ उत्पादन भए डडेल्धुरासहित सुदूरपश्चिमका पहाडि जिल्लका किसानले आलुको पुर्व मुल विउ सहजै पाउन भन्ने उद्देश्यले डडेल्धुरामा आलुको पुर्व मुल विउ उत्पादन गर्न थालिएको साना तथा मझौला कृषक आयस्तर आयोजना – रिज्म एफपी डडेल्धुराका हरि पन्तले बताउनु भयो ।

डडेल्धुरामा निर्माण भईरहेको आलुको पुर्व मुल विउ उप आयोजनाबाट वर्षमा तीन पटक आलुको पुर्व मुल विउ उत्पादन हुनेछ । जसबाट एक वर्षमा एक लाख ५० हजार आलुको पुर्व मुल विउको दाना उत्पादन हुने लक्ष्य लिइएको छ ।

डडेल्धुरामा आलु उत्पादन गर्ने किसानको संख्या बढ्दै गएको भएपनि आलुको मुल विउ डडेल्धुरामा उत्पादन नहुँदा वर्षेनी लाखाैं मुल्यको विउ आयात हुने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका र गन्यापधुरा गाउँपालिकालाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);