डडेल्धुरामा मल्चीङ प्रविधिवाट आलुको मुल विउ उत्पादन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुरामा मल्चीङ प्रविधिवाट आलुको मुल विउ उत्पादन सुरु

malching aalu

डडेल्धुरा, १६ मंसिर । सुदुरपश्चिम प्रदेशमै पहिलोपटक डडेल्धुरामा मल्चीङ प्रविधिवाट आलुको मुल विउ उत्पादन सुरु गरिएको छ । करिव २२ वर्ष सम्म वाझो रहेको जमिनलाई भाडामा लिई आलु उत्पादन गर्न थालेपछि गाउँका स्थानियहरु पनि आलु उत्पादन तर्फ आर्कषित हुन थालेका छन ।

डडेल्धुराको अमरगढी नगरपालीका वडा नम्वर ११ ठुलीखाल गाउँमा स्थानिय युवहरुले सामुहकि रुपमा मल्चीङ प्रविधिवाट आलुको मुल विउ उत्पादन गर्न थालेका हुन । जिल्लाको गन्यापधुरा गाउपालिकाका पाँच जना युवाहरुले सहकारी मार्फत करिव ७ रोपनी जमिन भाडामा लिई मल्चीङ प्रविधिवाट कार्डिनल र डिजिरे जातको आलुको मुल विउ उत्पादन गर्न थालेका छन ।

प्रधानमन्त्री कृषि आधुनिकिरण आलु सुपरजोन कार्यक्रम वाट आर्थिक सहयोग र आफ्नो निजि लगानीमा युवाहरुले गुणस्तरीय प्रविधिवाट जिल्लामै आलुको मुल विउ उत्पादन गर्न थालेको उनिहरुको भनाइ छ ।

आलु उत्पादन गर्ने किसानको संख्या वढ्दै गएको भएपनि आलुको मुल विउ डडेल्धुरामा उत्पादन नहुँदा वर्षेनि लाखौ मुल्यको विउ आयात हुने गरेको छ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका र अमरगढी नगरपालीकाका केही वडालाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ ।

आलु उत्पादनलाई औधोकिकरण गर्नका लागि भन्दै नेपाल सरकारले डडेल्धुरा जिल्लामा सुपर जोन कार्यक्रम समेत लागु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);