बर्खे आलुको उत्पादन बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बर्खे आलुको उत्पादन बढ्यो

aalu

विमल जैरु,
डडेल्धुरा, १५ असार । डडेल्धुरामा यो बर्ष बर्खे आलुको उत्पादन बढेको छ । आधुनिक प्रविधिबाट खेती गर्नुका साथै समयमा पानी परेकाले आलुको उत्पादन बढेको हो ।

उन्नत जातको बिउ प्रयोग र समयमा गोडमेल भएकाले पनि उत्पादन राम्रो भएको कृषकको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको अनुसार यो बर्ष १५ प्रतिशतले आलु उत्पादन बढेको छ । डडेल्धुरामा हिउँदे र बर्खे गरी दुई सिजनमा ८ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । आलुबाट कृषकले प्रत्येक सिजनमा दुई लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

आलु उत्पादनका लागि हावापानी उपयुक्त भएकाले डडेल्धुरालाई सुपर जोन क्षेत्र घोषणा गरिएको छ । सुपर जोन घोषणासँगै डडेल्धुरामा आलु खेती गर्ने कृषकको संख्या बढेको छ । डडेल्धुरामा उत्पादन भएको आलु तराईका जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);